अमेरिकाको टेक्सासमा आयोजना भएको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भीडभाड हुँदा आठ जनाको मृत्यु भएको छ भने करिब ३०० जना घाइते भएका छन् ।
११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो । जसमध्ये ८ जनाकाे मृत्यु भएकाे हाे ।
अमेरिकी र्यापर ट्र्याभिस स्कटले आफ्नो सांगीतिक प्रस्तुति दिने क्रममा उक्त घटना घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्युजिक फेस्टिभलकाे पहिलाे रातमै उक्त घटना घटेकाे हाे । फेस्टिभलमा करिब ५० हजारले भाग लिएका थिए ।
अधिकारीहरूका अनुसार भीड स्टेजतर्फ जान थालेपछि मानिसहरू निकै आत्तिएका थिए ।
फेस्टिभलकाे आयाेजकले घटनाकाे गम्भीरतालाई मध्यनजर गर्दै साे रद्द गरेकाे छ ।
सांगीतिक प्रस्तुति दिँदै ट्र्याभिस स्कट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।