जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

बार्सिलाेनाका पूर्वखेलाडी जाभी हर्नान्डेज बार्सिलाेनाकाे मुख्य प्रशिक्षक हुने भएका छन् । 

कतारी क्लब अल सादले सहमति गरेसँगै उनी बार्सिलाेना फर्किन लागेका हुन्।

यता बार्सिलाेनाले भने जाभीलाई शनिबार बिहानै सामाजिक संजालमार्फत् स्वागत गरिसकेकाे छ । बार्सिलाेनाका मुख्य प्रशिक्षक राेनाल्ड काेम्यानलाई बर्खास्त गरेसँगै जाभी मुख्य प्रशिक्षककाे रूपमा आउने चर्चा चलेकाे थियाे ।
 
१७ वर्ष बार्सिलाेनामा बिताएका जाभीले बार्सिलाेनाका लागि आठवटा ला-लिगा, तीनवटा काेपा डेल रे, चारवटा च्याम्पियन्स लिग लगायतका विभिन्न उपाधि दिलाएका थिए ।

जाभीले स्पेनका लागि एक विश्वकप र दुई युरोपा कप पनि जितेका छन् ।

उनले सन् २०१९ बाट अल सादको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका थिए।
 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार १५:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया