उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेकाे संख्या दिनानुदिन बढेको छ ।
कोभिडपश्चात जनजीवन सामान्य बन्दै गएपछि आन्तरिक पर्यटकको संख्या बढदै गएकाे हाे । संग्रहालयमा जन्मदेखि मृत्यु पर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने थारु जातिको मौलिक सामग्रीकोे अवलोकन गर्न सकिन्छ ।
अहिले उदयपुर, सुनसरी र सप्तरी जिल्लाबाट संग्रहालय हेर्न आउन थालेको संग्रहालयका अध्यक्ष मिश्रिकान्त चौधरीले जानकारी दिए ।
१३ मंसिर २०७७ मा तत्कालीन प्रदेश राज्यमन्त्री विजयकुमार विश्वासले संग्रहालयको भवन उद्घाटन गरेका थिए ।
संग्रहालयका अध्यक्ष समेत रहेका चौधरीले वेलका नगरपालिका- २ करहिया वेल्हामा रहेको ६ धुर जग्गा संग्रहालय निर्माणका लागि दान दिएका थिए ।
-न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।