लिग वान : पिएसजीको कठिन जित
फरकधार / २१ कात्तिक, २०७८

फ्रेन्च लिग वान अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले घरेलु टोली बोर्डोमाथि ३-२ को संघर्षपूर्ण जित निकालेको छ ।



पिएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । अल्बर्थ इलिस र मबेय नियाङले घरेलु टोलीका लागि एक-एक गोल फर्काए ।
 
पिएसजीले नेयमारको गोलमार्फत् २६औं मिनेटमा अग्रता लिएको थियो । ४३औं  मिनेटमा नेयमारले नै टोलीको अग्रता दोब्बर बनाए ।

६२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३-० ले अघि बढाए ।



७८औं मिनेटमा इलिसले घरेलु टोलीका लागि पहिलो गोल गरेका थिए । थप गरिएको समयमा नियाङले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 



जितसँगै १३ खेलबाट ३४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायमै रहँदा समान खेलमा बोर्डो १२ अंकसहित १६औं स्थानमा छ । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार ९:१:५८,   अन्तिम अपडेट : कात्तिक २१, २०७८ आइतबार ९:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया