अफगानिस्तानमा तालिबानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरूको सूची तयार गर्दै उनीहरूलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ ।
एलजिबिटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिबानले एलजिबिटीमा आबद्ध व्यक्तिको हत्या सूची तयार पारेको दाबी गरेको हो।
अफगानिस्तानबाट अगस्टको अन्त्यमा अमेरिकी सेना फर्किएपछि तालिबानले समलिंगीहरूलाई खोजेर उनीहरूको हत्या सूची तयार पारेको क्यानडाको गैरसरकारी संस्था रेनबो रेलरोडका किमाली पोवेलले बताए ।
हिंसा र धम्कीपछि देश छाडेका व्यक्तिहरूको उद्दारका लागि खोलिएको सो संस्था अहिले अफगानिस्तानमा केन्द्रित छ । अफगानिस्तानबाट कम्तीमा २०० जनाको तत्काल उद्दार गर्नुपर्ने संस्थाले जनाएको छ । गत साता मात्र संस्थाले २९ जनाको रिहाइ गरेको थियो ।
तालिबानले एलजिबिटी समुदायका व्यक्तिको घरमा छापा मारेर उनीहरूलाई भौतिक कारबाही गरेको समाचारमा जनाइएको छ । तालिबानले उनीहरूको मोबाइल कब्जा गरेर एलजिबिटी समुदायका गोप्य सूचना लिएको छ ।
तालिबानले केही दिनअघि एलजिबिटीमा आबद्ध एक व्यक्तिको राहदानी जलाइदिएका थिए ।
-एजेन्सीकाे सहयाेगमा न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।