पाकिस्तानमा टिएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने

पाकिस्तान सरकारले प्रतिबन्धित मुस्लिम समूह तेहरिक इ लबिक पाकिस्तान (टिएलपी)लाई निर्वाचनमा प्रतिष्पर्धा गर्न अनुमति दिने भएको छ । 

यसै साता सरकार र सो समूहबीच वार्ता भएको थियो । सरकारले जेलमा रहेका समूहका २०० कार्यकर्तालाई रिहाइ गर्ने पनि तयारी गरेको छ ।

दुई पक्षबीच भएको वार्तामा टिएलपीले आफ्ना हिंसात्मक गतिविधि त्याग्ने सहमति जनाएको छ । त्यस्तै टिएलपीले फ्रान्सविरोधी गतिविधि नगर्ने जनाएको छ । फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छपाएपछि समूहले पाकिस्तानस्थित फ्रान्सेली राजदूतलाई देशनिकाला गर्न सरकारसँग माग गरेको थियो । त्यस्तै पाकिस्तानस्थित फ्रान्सेली दूतावास बन्द गर्न पनि समूहले माग गरेको थियो ।  

एक साताअघि सो समूहले गरेको गरेको हिंसात्मक प्रदर्शनका क्रममा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको थियो ।

टिएलपीले हिंसात्मक गतिविधिलाई तीब्रता दिएपछि प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले एक वर्षअघि सो समूहमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धपछि सो समूहका नेता सद रिजभीलाई पक्राउ गरेको थियो । 

-एजेन्सीकाे सहयाेगमा न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १०:२१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया