नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राजदूत नियुक्तिका लागि साझा सूची बनाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै श्रेष्ठले यस्ताे बताएका हुन् ।
सूची बनाएकाे अवस्थामा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्र सेवाको अवसर पाउने उनले फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै तीन जनालाई राजदूत नियुक्त गरिसकेका छन् ।
उपाध्यक्ष श्रेष्ठले बाँकी राजदूत नियुक्तिबारे गठबन्धनका दलहरूले साझा सूची बनाउनुपर्नेमा जोड दिएका हुन् ।
यसअघि पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बेलाउने देउवा सरकराको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।