अमेरिकाको दाबी : चीनसँग २०३० सम्म १ हजार आणविक हतियार हुनसक्छ

अमेरिकाले चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो । 

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको संख्यालाई सन् २०३० मा १ हजार पुर्‍याउने प्रतिवेदनमा उल्लेख छ ।

‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ । 

पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो । 

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उत्तर कोरियाको एक महिनामै तीन ओटा आणविक परीक्षण गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १६:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया