टी–२० विश्वकप : अफगानिस्तानले दियो न्युजिल्याण्डलाई १२५ रनको लक्ष्य

युएईमा जारी आईसिसी टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई १२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । 

उसका लागि नजिबुल्लाह जद्रानले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाए । 

त्यस्तै, गुलबन्दिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङमा ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १७ रन दिएर तीन विकेट लिए । त्यस्तै, टिम साउथीले दुई, एडम मिल्ने, जिमी नीशम र इश सोढीले एक/एक विकेट लिए ।

आजको खेल जिते न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । न्युजिल्याण्ड विजयी भए अफगानिस्तानको मात्र होइन भारतको सपना पनि पूरा हुने छैन । 

जारी विश्वकपमा न्युजिल्याण्डले ४ म्याच खेल्दा तीनमा जित र एक खेलमा हार बेहोरेको छ । अफगानिस्तानले ४ खेलमध्ये दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । भारतले पनि चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १७:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया