बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले उनले विश्वासको मत लिनेछन् । 

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार नेकपा एसका नेता समेत रहेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । 

उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांगेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थत छ । 

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ । सत्तारुढ गठबन्धनसँग ५९ मत छ । 

उनलाई माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र  जसपाका १ जना सांसदको समर्थन छ । 
 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार ८:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया