न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलास आज पनि बहिष्कार गरेका छन् ।
सहमतिविपरीत इजलास तोकेको भन्दै १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधीश जबराले आज ६ वटा इजलास तोकेका छन् ।
ती इजलासमा सातवटा बन्दीप्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ ।
जबराले न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक- एकवटा बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी तोकिएका छन् ।
जबरा स्वयं र न्यायाधीश डा. चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका छन्। उनीमाथि मन्त्रिपरिषद् र संवैधानिक नियुक्तिमा भाग लिएको लगायत आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।