इजलासमा फर्किए न्यायाधीश चुडाल, बन्दीको रिटमा कारण देखाउ आदेश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलासमा फर्किएका छन् । 

आफ्नो लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेस भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् । 

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक/एक वटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् । 

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रूपकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् । 

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोल क्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए । 






  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १३:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया