ए वर्गको क्रिस्टल डाइग्नोस्टिक ल्याबको ‘प्याकेज’

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमित नेपालमा भेटिँदा परीक्षण गर्ने कुनै ल्याब थिएन ।  जति बेला आम मानिस त्रसित मात्रै थिएनन् मृत्युको भय पनि उस्तै फैलिरहेको थियो । त्यो समय कोरोना संक्रमितको परीक्षण गर्ने कुनै ल्याब थिएनन् । 

२०७६ माघमा कोरोनाका पहिलो संक्रमित फेला पर्दा स्वाब संकलन गरेर हङकङ पठाएर परीक्षण गराएको थियो । यसको तयारी न सरकारी तबरबाट थियो न कुनै निजी क्षेत्रबाट ।  

यद्यपि पछिल्लो समय धेरै ल्याबहरू खुले । तर, विश्वास कममा थियो । ठीक एक वर्षपछि सिनामंगलमा ‘ए’ वर्गको क्रिस्टल डाइग्नोस्टिक ल्याब सञ्चालमा आयो । युरोप र अमेरिकाको अत्याधुनिक प्रविधिको प्रयोगमा सो ल्याब सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक रवीन्द्र केसीले जानकारी दिए ।  

क्रिस्टल डाइग्नोस्टिक, मोर्डन डाइग्नोस्टिक, सेन्ट्ररल डाइग्लोस्टिक, बिध ल्याब, अल्फा हेल्थ केयर र सिद्धी प्याथोलोजी जस्ता विशेषता रहेको उनको भनाइ छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित रहेका र ए वर्गका पीसीआर प्रयोगशालाहरूलाई कोभिड टेस्टको मान्यता दिएको थियो। सो मान्यतासँगै क्रिस्टलले सो मान्यता पाएसँगै विमानस्थलमा पिसिआर परिक्षणका लागि ल्याब राखिएको छ ।  ​



स्टल डाइनोष्टिकले अहिले हिमालय एयर र नेपाल एयरलाइन्सबाट दुबई उडान गर्ने यात्रुको पिसिआर गर्दै आएको छ । प्रबन्ध निर्देशक केसीका अनुसार अहिले क्रिस्टलमा बेसिक हेल्थ स्क्रिनिङ प्याकेज, गोल्ड हेल्थ प्याकेज समेत ल्याएको छ ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १५:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया