फाइजरले बनाएको कोरोनाविरुद्धको औषधी, विश्वभर चर्चामा

फाइजर कम्पनीले शुक्रबार आफूले बनाएको कोरोनाभाइरसको खाने औषधीको विषयमा सार्वजनिक गरेपछि यसको चर्चाले विश्व बजारलाई चलायामान बनाएको छ । 

कोभिड १९ को यो औषधीका कारण कोरोनाका कारण अस्पतालमा भर्ना हुने वा मृत्यु हुने सम्भावना ८९ प्रतिशत घट्ने बताइएको छ । 

सोमबार यही औषधीको घोषणा भएपछि विश्वका विभिन्न क्यासिनो तथा एयरलाइन्सको शेयर बजारमा पनि निकै उछाल देखिएको छ ।

फाइजरले यो औषधी बनाएपछि अब विश्व बजारमा कोरोनाविरुद्ध खाने औषधी दुई वटा भएका छन् । तर, यो औषधीलाई अहिलेसम्म अमेरिकाले आपतकालीन प्रयोगका लागि पनि अनुमति दिएको छैन ।

यसका कारण विश्वमा कोरोनाभाइरसबाट छिटै राहत मिल्न सक्ने अनुमान अन्तर्राष्ट्रिय सन्चारमाध्यममा प्रकाशित छन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १६:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया