आज ३९० जनामा कोरोना पुष्टि, पाँच संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६ मा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

आज २ हजार ६०६  को पिसिआर र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । देशभर हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

त्यस्तै, आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।

आज ४२५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १५२ संक्रमित थपिएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १६:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया