निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियो : मुख्यमन्त्री पाण्डे
फरकधार / २२ कात्तिक, २०७८

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् । 



प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद् विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् । 

एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह बनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वोच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो । 

सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् । 



मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको प्रस्तावमाथि अहिले प्रदेशसभामा मत विभाजन भइरहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् । 

  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १७:२०:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया