नेकपा (एस) ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १८:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया