बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । 

सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । 

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । 

मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् । –न्युज कारखाना 
 





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १२:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया