बलिउडका चर्चित नायक शाहरुख खानले सम्मान बिनाको प्रेमकाे अर्थ नहुने बताएका छन् । भारतीय संचार माध्यम 'इन्डियन एक्सप्रेस'लाई अन्तर्वाता दिने क्रममा उनले सो कुरा बनाएका हुनु । उनले भने, 'सम्मान बिना प्रेम हुँदैन।'
'सम्मान भनेको समानता हो, र मैले भनेको समानता समाजिक सञ्जालमा भनिने समानता मात्रै होइन । मेरो लागि त समानता भनेको एक अर्काले आफ्नो कमजोरीमा सघाउनु हो,' शाहरुखले भने ।
शाहरुखले आफ्नै उदाहरण दिँदै भने, 'म ३० वर्षदेखि विवाहित छु, तर अहिलेसम्म श्रीमतीको पर्स हेरेकाे छैन । उनी कपडा फेर्दै छिन् भने ढाेका ढक्कढकाएर बेडरूममा जाने गर्छु । म छोरीको कोठमा जाँदा पनि ढाेका ढक्कढकाएर जान्छु । उनीहरु मेरा प्रिय छन् । तर, मलाई थाहा छ उनीहरुको पनि व्यक्तिगत जीवन हुन्छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।