बलिउडका चर्चित गायक कुमार सानु नेपाल आउँने भएका छन् । एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
यहि कार्तिक २७ गते जनकपुरधाममा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ हुँदैछ । जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा कुमार सानुले आफ्नो प्रस्तुती दिने छन् ।
‘कुमार सानु लाइभ इन कन्सर्ट’मा भारतीय गायक कुमार सानुलाई नेपाली गायक÷गायिका सुगम पोखरेल, पूजा ठकुरी र रोशन पराजुलीले साथ दिनेछन् ।
‘कुमार सानु लाइभ इन कन्सर्ट’मा सहभागिता जनाउनका लागि सर्वसाधारणले ५ हजार र ३ हजारको टिकट काट्नु पर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।