साख फर्काउने प्रयासमा एनआरटी

नेपालको पुरानो क्लबमध्ये एक हो न्युरोड टिम (एनआरटी) । सन् १९३४(वि.सं १९९१) सालमा स्थापना भएको क्लबले नेपाली फुटबलमा छुट्टै इतिहास बोकेको छ । 

एनआरटीले मसिंर २ गते साबिक विजेता मछिन्द्र क्लबसँगको खेलबाट लिगको सुरुवात गर्नेछ । 

एन्फाको आधिकारीक रेकर्डमा एनआरटीले ४ पटक लिग उचालको भए पनि क्लबका अध्यक्ष सुन्दर नसिंह जोशी भने पाँचपटक लिग जितेको दाबी गर्दछन् । 

‘हामीले पाँचपटक लिग उपाधि उचालेको छाैँ, तर एन्फाको गल्तीले गर्दा चारपटक मात्र रेकर्ड भएको छ,’ जोशीले फरकधारसँगको कुराकानीमा भने ।’

क्लबले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।  

एनआरटीको ‘ए’ डिभिजनमा प्रदर्शन



एनआरटीले वि.सं पहिलोपटक सन् १९६०–६१ (वि.सं २०१७) मा पहिलोपटक लिग उपाधि उचालेको रेकर्ड भेटिन्छ । त्यसपछि एनआरटी सन् २०६२–६३ (वि.सं २०१९),सन् १९७८ विसं (२०३५) र सन् १९९५ (वि.सं २०५२) मा लिग विजेता बनेको रेकर्ड भेटिन्छ ।

सन् २०१० को लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटी सन् २०११मा सातौँ स्थानमा थियो । 



सन् २०१२–१३को लिगमा छैटौँ स्थान हाँसिल गरेको एनआरटी सन् २०१३–१४मा आर्थिक कारण देखाउँदै सहभागी लिगमा नभएपछि ‘बी’डिभिजनमा घटुवा भयो । 

सन् २०१३–१४को सिजनपछि सन् २०१८ सम्म विभिन्न कारणले गर्दा लिग आयोजना हुन सकेन । 

सहिद स्मारक‘बी’डिभिजन लिगको उपविजेताका बन्दै शीर्ष डिभिजनमा पुनरागमन गरेको एनआरटी सन् २०१८–१९को विना रेलिगेसनको लिगमा अन्तिम स्थानमा रह्यो । 

एनआरटी सन् २०१९–२०को पछिल्लो संस्करणमा आठौँ स्थानमा थियो । 

लिगका लागि कीर्तिपुरमा अभ्यास 

एनआरीले कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको खेल मैदानमा अभ्यास गरिहेको छ । 

‘हामीले एकेडेमी सञ्चालन गर्न लागेको कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको खेल मैदानमा दैनिक ३ घन्टा अभ्यास गरिरहेका छौँ’,अध्यक्ष जोशीले भने ।’

‘हाम्रो मुख्य लक्ष्य भनेको लिगमा उत्कृष्ट गर्दै उपाधि उचाल्ने हो,’जोशीले थपे,‘हामीले सन्तुलित टोली तयार पारेका छौँ अभ्यास राम्रो भएकाले लक्ष्य प्राप्त गर्ने आशा छ ।’

जोशी टोलीमा रहेका विदेशी खेलाडी पनि अभ्यासमा सहभागी भइसकेकाले स्वदेशी खेलाडीसँगको तालमेलमा केहि सहज भएको बताउँछन् । 

लिगका लागि २ करोड बजेट 

एनआरटीले लिगका लागि भनेर २ करोड बजेट विनियोजन गरेको छ । यो रकम क्लबले आन्तरिक स्रोत तथा एन्फा र महानगरपालिकाको सहयोगबाट जुटाउँदै आएको छ ।
 
‘हामीले लिगका लागि २ करोड छुट्याएका छौँ,’जोशीले भने,‘ हाम्रो आम्दानीको मुख्य स्रोत भने क्लबको भवनबाट उठेको भाडा नै हो । योबाहेक एन्फा र महानगरपालिकाबाट केही रकम सहयोग प्राप्त हुन्छ ।’

पुरानो साख फर्काउने प्रयास

एक समय थियो नेपाली फुटबलमा एनआरटीको दबदबा कायम थियो । उसले विभिन्न घरेलु प्रतियोगिता देखि लिगसम्म उत्कृष्ट प्रदर्शन गर्दै समर्थकको मन जित्न सफल भएको थियो । 

पछिल्लो समयमा भने एनआरटीको प्रदर्शन निकै खस्किएको छ । केहि वर्षअघिसम्म लिगको दाबेदार मानिने क्लब अहिले लिगमा टिक्नै संधर्षरत देखिन्छ ।

यससपटक भने एनआरटी आफ्नो पुरानो शाख फर्काउने लक्ष्य लिएको छ । ‘लिगमा सहभागी भएपछि सबैको लक्ष्य उपाधि उचाल्ने नै हुन्छ’,जोशी भन्छन्,‘हाम्रो लक्ष्य पनि उपाधि हात पार्ने हो ।’

‘लिगमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि उचाल्दै हामी पुरानो शाखलाई फिर्ता ल्याउने प्रयासमा हुने छौँ, जोशीले थपे ।’ 

एनआरटीका स्टार खेलाडी 

एनआरटीले लिगका लागि प्राय सबै खेलाडीलाई भित्र्याइसकेको छ भने केहि प्रक्रियामा छन् । 

उसले ३ विदेशी खेलाडीलाई अनुबन्ध गरिसेको छ भने दक्षिण एसियाली कोटाका एक खेलाडी भित्र्याउन बाँकी छ ।

क्लबसँग रहेकामध्ये केही चर्चित खेलाडी

एरिक विष्ट
विष्टले पछिल्लो समय नियमित रुपमा नेपाली सिनियर टोलीमा स्थान बनाइ रहेका छन् । 

डिफेन्सिभ मिडफिल्डकार रुपमा खेल्ने २१ वर्षिय विष्टले त्रिभुवन आर्मी क्लबबाट पनि खेलिसकेका छन् । उनले नेपाल सुपर लिग ललितपुर सिटी फुटबल क्लबबाट खेलेका थिए । 

दर्शन गुरुङ
गुरुङ नेपाली फुटबलमा आशा गरिएका युवा मिडफिल्डर हुन् । उमेर समूह हुँदै नेपाली सिनियर टोलीको अनुभव लिइसकेका १९ वर्षीय दर्शनले धनगढी फुटबल क्लबाट नेपाल सुपर लिग खेलेका थिए । 

मोसुके ओलोमोउ
२३ वर्षीय क्यामरुनी मिडफिल्डर ओलोमोउले पहिलोपटन नेपाली शीर्ष डिभिजनको अनुभव लिँदै छन् । 

ओलोमोउ नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका खेलाडी हुन् । काठमाडौँ रोजर्सलाई लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले ९ खेलमा ८ गोल गरेका थिए ।  

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १७:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया