टि–२० विश्वकप : इङ्ग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलोपटक फाइनलमा

सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलोपटक टि–२० विश्वकपको फाइनल प्रवेश गरेको छ ।

इङ्ग्ल्याण्डले दिएको १६७ रनको विजयी लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

न्युजिल्यान्डको जितमा डेरिल मिचेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४७ बलमा समान ४ चौका र छक्का प्रहार गरे ।

डिभोन कोन्वेले ४६ र जेम्स निशमले २७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 
इङ्ग्ल्यान्डका क्रिस वोक्स र लिम लिभिङस्टोनले समान २ तथा आदिल राशिदले १ विकेट हात पारे ।

यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डका लागि मोइन अलीले ३७ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा अविजित ५१ रनको अर्धशतकीय पारी खेले । डेविड मलानले ४१ र जोस बटलरले २९ रन जोडे । 



न्युजिल्याण्डका टिम साउदी, एडम मिल्ने, इश सोधी र जेम्स निशमले १–१ विकेट लिए ।

न्युजिल्यान्डले उपाधिका लागि अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 
 



  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार ७:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया