क्रियाशिल सदस्यताको विषयलाई लिएर बाँके कांग्रेसमा विवाद देखिएको छ । २७ कार्तिकमा वडा अधिवेशन हुने भनिए पनि यो विवादका कारण वडा अधिवेशन अनिश्चित बनेको छ ।
जिल्लाबाट पठाइएको भन्दा फरक क्रियाशिल सदस्यको सूची जिल्लामा आएको भन्दै त्यहाँ विवाद सुरु भएको हो ।
बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले कम्तिमा पनि २ सय ३९ जना क्रियाशिल सदस्य फर्जी भएको आरोप लगाएका छन् । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रबाट नै क्रियाशिल सदस्यको सूचीमा नामहरु थपिदिएको आरोप लगाएका छन् ।
विवाद भएसँगै अब २७ कार्तिकमा हुने वडा अधिवेशन अनिश्चित बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।