सुशान्त सिंहः मृत्युको एक वर्षपछि बल्ल हुँदैछ अनुसन्धान पूरा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब एक वर्षभन्दा बढी भइसकेको छ । उनको मृत्युको विषयमा भएको छानबिन चाहिँ अझै पनि सकिएको छैन ।

उनको छानबिनको समयमा सुशान्तकी पूर्वप्रेमिका भनिएकी रिया चक्रवर्ती पनि अनुसन्धानको दायरामा आएकी थिइन् । उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो । 

अनि उनको बैंक एकाउन्टहरु पनि फ्रिज गरिएको थियो । अब उनको एकाउन्टहरु डिफ्रिज गर्न प्रहरीले बैंकलाई भनिसकेको छ । साथै उनीबाट बरामद भएका मोबाइल र ल्यापटप पनि प्रहरीले फिर्ता दिएको छ । 

योसँगै अब सुशान्तको मृत्युको विषयमा र त्यसपछि जोडिएको ड्रग्सको विषयमा छानबिन लगभग पूरा हुन थालेको अनुमान भारतीय मिडियाले लगाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार ११:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया