प्रधानन्यायाधीश जबराको नयाँ चालः अरु मुद्दाको बीचमा बन्दी प्रत्यक्षीकरण मुद्दा

सर्वोच्च अदालतमा असन्तुष्ट भए पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न थालेका न्यायाधीशरुलाई अप्ठ्यारोमा पार्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नयाँ चाल चालेका छन् ।

उनले अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेका हुन् ।

यसअघि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका निवेदनलाई प्राथमिकता दिँदै आइएको थियो ।

पेशी तोक्दा पनि पहिले बन्दी प्रत्यक्षीकरणको तोक्नदले र अन्य मुद्दाको पालो राख्ने चलन सर्वोच्चमा थियो । यसअघि प्रधानन्यायाधीशलाई असहयोग गरिरहेका न्यायाधीशहरुले

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका थिए । त्यसपछि अन्य मुद्दा हेर्न नभ्याइने भन्दै उनीहरु निस्किने गरेका थिए ।

तर, बिहीबार प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दा बीचमा राखिदिएका छन् । अब न्यायाधीशहरुले क्रमशः मुद्दाहरु हेर्नु पर्ने हुन्छ । 



बिहीबार प्रधानन्यायाधीश जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास तोकेका छन्  ।



  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार ११:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया