पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरु

पशुपतिनाथ मन्दिरबाट आज ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ सुरु भएको छ । र्‍यालीमा करिब ५० नेपाली र भारतीय मोटरसाइकल प्रेमीहरूको सहभागिता रहेको छ । 

पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले आज संयुक्त रुपमा र्‍यालीको शुभारम्भ गरेका थिए ।

‘भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘साथै हाम्रा दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरु माझ जनचेतना फैलाउने उद्देश्य पनि र्‍यालीको रहेको छ ।’ 

र्‍यालीका सहभागीहरुले कार्तिक २७ गते बनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने दूतावासले जनाएको छ ।

यात्राका क्रममा ¥याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरूको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १२:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया