पल-पूजाको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा

नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले रिलिज डेट फिक्स गरेको छ । प्रदर्शनको प्रचारमै हरेका बेला कोरोना महामारीका कारण रोकिएको यो चलचित्र माघ १९ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।

डेढ वर्षअघि नै रिलिजको तयारी गरेको यो चलचित्रका निर्माता निर्देशकले प्रदर्शनको आँट गर्न सकेका थिएनन् । तिहारमा रिलिज भएको ‘सुर्यवंशी’ हेर्न दर्शक ओइरिएपछि वितरक र निर्देशकबीच छलफल भएको हो । 

यो चलचित्र वितरणको जिम्मा लिएका रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले निर्देशक थापासँग चलचित्रको प्रदर्शनलाई लिएर छलफल भएको जानकारी दिए ।

ल्होसारको बिदाको अवसर पारेर यो फिल्म प्रदर्शनको तयारीमा फिल्म युनिट लागेको छ । ल्होसारको विदाको दिन बुधबार पर्छ । 

अहिलेसम्म नयाँ फिल्म शुक्रबार रिलिज हुँदै आएका छन् । बारका कारण सोहि दिनमा फिल्म रिलिज गर्न नमिलेको खण्डमा अघिल्लै शुक्रबार फिल्म रिलिज गर्ने तयारीमा चलचित्रको टीम लागेको छ ।

निर्देशक सुदर्शन थापा र पूजा शर्माले सयुक्तरूपमा निर्माण गरेको चलचित्रमा पल शाह र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १३:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया