नवयुगले ‘ए’ डिभिजन लिग गुमाउने सम्भावना

त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले यस सिजनको ‘ए’ डिभिजन लिग फुटबल गुमाउने सम्भावना बढेको छ ।

प्रि–सिजन अन्तर्गत ब्रिगेड ब्वाइज क्लबसँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएपछि उनले यस सिजनको लिग गुमाउने सम्भावना बढेको हो ।  

खेलका क्रममा श्रेष्ठको घुँडामा चोट लागेको हो । उनी नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरसमेत हुन् ।

यसअघि नै आर्मीका विकास खवासले लिग गुमाउने पक्का भइसकेको छ । लिगअघि क्लबहरूले तयारीलाई तीव्रता दिनुका साथै एकआपसमा मैत्रीपूर्ण खेलसमेत खेलिरहेका छन् ।
 
यस सिजनको ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सुरु हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १३:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया