‘ए’ डिभिजन लिगको मिति सर्‍यो

सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति सरेको छ । २९ कात्तिकबाट हुने भनिएको लिग अब ३ मंसिरबाट हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र खेलिने छन् ।

‘क्लबसँगको सल्लाहमा साताको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो । अब लिगको सबै खेल शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछन्,’ महासचिव इन्द्रमान तुलाधरले फरकधारसँग भने ।

एन्फा अनुसार अर्को शुक्रबार मात्र लिग सुरु हुनेछ । उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन् ।

एन्फाले बिहीबार मात्र लिगको प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टेलिभिजनसँग औपचारिक सम्झौता गरेको छ ।

‘प्रत्यक्ष प्रशारणको तयारीका लागि टेलिभिजनले पनि केही दिन मागेको र क्लबले समेत हप्तामा एक राउण्ड मात्र बिदाको दिन खेल गर्ने सहमति गरेकाले लिगको मिति सरेको हो,’ तुलाधरले भने । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १५:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया