लामो समयपछि नेपाली चलचित्र उद्योगले लय समात्दै छ । केही चलचित्र छायांकनमा गएका छन् । निर्माण कार्य पूरा गरेर बसेका चलचित्रले पनि धमाधम रिलिज डेट लिन सुरु गरेका छन् ।
यसैबीच, चलचित्र ‘बाबरी’ छायांकनका लागि चलचित्र युनिट सिक्किम पुगेको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘बाबरी’ मा नायिका अदिती बुढाथोकी शीर्ष भूमिकामा देखिँदैछिन् ।
अदितीले आफ्नो फेसबुकमा तस्बिर शेयर गर्दै सिक्किममा ‘बाबरी’ छायांकन भइरहेको जानकारी दिएकी हुन् ।
चलचित्र ‘बाबरी’मा अदितीका साथमा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकरले पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् ।
चलचित्रको छायांकन सेड्युल ६० दिनको रहेको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।