बंगलादेशमा नेपाली महिला टोलीको विमान छुट्यो, गाडीबाट नेपाल फर्कने

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बंगलादेशबाट नेपाल आउने हवाई उडान छुटेको छ । 

नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा गएको थियो । 

कोभिड–१९ प्रोटोकल पालन हुन नसकेपछि नेपाली महिला क्रिकेट टोलीको बिहीबार बंगलादेशको ढाकाबाट काठमाडौं आउने उडान छुटेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

कोभिडको पिसीआर रिपोर्ट नहुँदा विमानस्थलमा नेपाली टोलीलाई प्रवेशमा रोक लगाइएको थियो । 

क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ । 

हवाई उडान छुटेपछि नेपाली टोली बसबाट नेपालको यात्रा गर्ने जनाइएको छ । 



नेपाली टोली बिहिबार साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ । 

नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट रहेका छन् । 



बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिमले सिरिज जितेको थियो । 

बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्ने तालिका रहेको छ । 

छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १६:३६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया