मुख्यमन्त्री राउतले गरे जनगणनामा तथ्याङ्क टिपाउन अनुरोध

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग अनुरोध गरेका छन् । 

मुख्यमन्त्री राउतले एक विज्ञप्ति जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन अनुरोध गरेका हुन् । 

तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले भनेका छन् । 

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा अहिले १२ औं राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । जनगणना तथ्यांक संकलनको पहिलो चरण अन्तर्गत असोज १८ गतेसम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचिकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु पारिवारिक र व्यक्तिगत विवरण लिन घरघरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ । तपाईले टिपाएका तथ्यांक गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’ 

राज्यको पुनर्संरचनापछि अर्थात देशले संघीय शासन प्रणाली अँगाले पछिको यो पहिलो जनगणना हो । त्यस कारण पनि यस पटकको जनगणनाको खास महत्व रहेको उनले जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १६:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया