मालेका चार केन्द्रीय सदस्य एकीकृत समाजवादीमा

नेकपा (माले)का चार केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले मालेबाट राजीनामा गरेका हुन् । समाजवादी प्रवेश गर्नेमा खोटाङका केपी शर्मा फुयाल र श्यामराज राई, तनहुँका शंकर पोखरेल र सिरहाका कालिप्रसाद यादव छन् ।

माले छाड्दै उनीहरुले सो पार्टीका अध्यक्ष सिपी मैनालीप्रति वैचारिक र सैद्धान्तिक हिसाबले बिचलित भएको आरोप लगाएका छन् । मैनालीमाथि संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्नेलगायतका गतिविधि गरेको आरोप छ । 

खोटाङ, तनहुँ र स्याङ्जा नेकपा (माले) जिल्ला कमिटीका सबै पदाधिकारी नेकपा (एस)मा समाहित भएको उनीहरुको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १७:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया