निधिले देउवासँग भने : कम्युनिस्ट पार्टीको पोलिटब्युरो जस्तो राजनीतिक संयन्त्र किन बनाएको ?

सत्ता गठबन्धनमा रहेका दलहरुले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले असन्तुष्टि जनाएका छन् । बिहीबार प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा बोल्दै निधिले राजनीतिक समन्वय समिति गठन गलत निर्णय भएको बताएका हुन् । 

निधिले समन्वय समिति गठन कम्युनिस्ट पार्टीको पोलिटब्युरोजस्तै भएको भन्दै असन्तुष्टि जनाएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए । दाहालका अनुसार निधिले राजनीतिक संयन्त्र आवश्यक नरहेको र यो समिति आगामी निर्वाचनसम्म हो भने झन् हानिकारक हुने बताएका थिए ।

राजनीतिक समन्वय समिति आगामी चुनावसम्मकै लागि हो भनेर सरकारका मन्त्रीहरुले अभिव्यक्ति दिएको भन्दै उपसभापति निधिले देउवाको ध्यानाकर्षण गराएका थिए ।

सत्ता गठबन्धनले गत सोमबार ११ सदस्यीय ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गरेको थियो । सुरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बनेको समितिमा पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत सदस्य छन् । 

पाँच राजनीतिक दलबाट २–२ जना सदस्य रहने समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार १९:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया