प्रभु बैंकको धितोपत्र कारोबारमा नेप्सेले लगायो रोक

नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको धितोपत्र कारोबारमा रोक लगाएको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा कारोबार रोक्का गरेको हो ।

बैंकले गत मंगलबार कारोबार भइरहेको समय सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको थियो । बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ (१) ‘ख’बमोजिम सात दिनको समय दिएर स्पष्टीकरण सोधेको छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार २०:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया