प्रधानन्यायाधीश र न्यायाधीशले राम्रो काम गरेका छन्, ओलीले राजीनामा माग्नु वाहियात : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरुले संसद पुनर्स्थापनाको फैसला गरेर राम्रो काम गरेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग उठिरहेका बेला नेपालले उनको बचाउ गरेका छन् । 

बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताए । ओलीले संसद पुनर्स्थापनाको फैसला गर्ने प्रधानन्यायाधीशलगायत न्यायाधीशहरुले राजीनामा गर्नुपर्ने बताउँदै आएका छन् । 

सोही प्रसंग उल्लेख गर्दै नेपालले ओली राम्रो काम गर्ने प्रधानन्यायाधीश, न्यायाधीश, वकिल, बुद्धिजीवी, पत्रकार र आफलाई साथ नदिने सबैको विरोधी भएको बताए । 

न्यायालय समवेदनशील निकाय भएको भन्दै अध्यक्ष नेपालले न्यायालयका बारेमा जहाँ पायो त्यहीँ कुरा गर्न नहुने बताए । न्यायालयको विषयले पाँचदलीय गठबन्धनभित्र प्रवेश नपाएको नेपालको भनाइ थियो ।

उनले राष्ट्रियसभा निर्वाचन तथा उपनिर्वाचनमा गठबन्धन दलहरुले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्विप’ पार्ने दाबी गरे । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार २०:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया