निधि र स्विस प्रतिनिधिमण्डलबीच भेटवार्ता

स्विस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले बिहीबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेको छ । 

उपसभापति निधि निवास बानेश्वरमा भेटवार्ता भएको हो । भेटमा नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्विस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटमा उपसभापति निधिले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै उच्च प्रसंशा गरेका थिए। उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए ।

जवाफमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको तर नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार २१:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया