टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा एक रोमान्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराएर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाका लागि १ सय ७७ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले अन्तिम ओभरमा यो लक्ष्य भेट्याएको हो ।
उतार चढावले भरिएको यो खेलमा आखिरमा अष्ट्रेलियाले जित निकालेको हो ।
१९ औं ओभरको तेस्रो बलमा जीवनदान पाएसँगै म्याथ्यु वेडले लगातार तीन छक्का प्रहार गरेका थिए । उनका यी तीन छक्काकै कारण खेल अष्ट्रेलियाको पोल्टामा गएको हो ।
तर, अष्ट्रेलियाले सुरुवात चाहिँ राम्रो खेल्न सकेको थिएन । एरोन फिन्च खाता नखोली पेभेलियन फर्किएका थिए ।
१२.२ ओभरमा अष्ट्रेलियाको स्कोर पाँच विकेट गुमाएर ९६ थियो । यतिबेला यस्तो लागेको थियो, मानौँ खेल अब पूरै पाकिस्तानको पक्षमा गएको छ ।
तर, वेडको १७ बलमा ४१ रन र स्टोइनिसको ३१ ब्लमा ४० रन बनाएर खेललाई आफ्नो देशका लागि फर्काए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।