नवयुगको घुँडाको शल्यक्रिया, दुई महिना मैदान बाहिरै रहने

नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ । 

गतसाता मैत्रीपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बिएण्डबी अस्पतालमा शल्यक्रिया भएको हो । 

एमसिएलको शल्यक्रियासँगै अब नवयुग करिब ६-७ साता मैदान बाहिर हुने भएका छन् । स्रोतका अनुसार उनी करिब २ महिना मैदान बाहिर रहनेछन् । 

योसँगै नवयुगले ३ मसिंरबाट सुरु हुने लिगका सुरुआती खेलहरू गुमाउने भएका छन् । साविक उपविजेता आर्मीले आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग खेल्दै लिगको सुरुआत गर्नेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ । 

एन्फाले बाँकी चरणका खेल तालिका भने सार्वजनिक गरेको छैन । 

गत सिजन (२०७६ साल) अन्तिम खेलमा आर्मीलाई लिग उपाधि पहिलो पटक हात पार्न १ अंक चाहिएको निर्णायक खेलमा मछिन्द्र एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो । 



नवयुगले चोट बोकेसँगै कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीले अग्रपंक्तिको जिम्मेवारी सम्हाल्नेछन्। 

नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य नवयुगले गतसाता ब्रिगेड ब्वाईज क्लबसँग एन्फा मैदानमा भएको मैत्रिपूर्ण खेल खेल्ने क्रममा चोट बोकेका थिए । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ७:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया