विश्वकप छनोट : ब्राजिलको कठिन जित

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले कोलम्बियामाथि १–० को कठिन जित हात पारेको छ ।

निओ कुइमीका (कोरिनथिनस) एरिनामा खेलको ७२औं मिनेटमा लुकास पाक्वेटाले  गरेको एक मात्र गोल ब्राजिललाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा कायम रहँदा पराजित कोलम्बिया १३ खेलमा १६ अंकका साथ पाँचौ स्थानमा छ ।

छनोट अन्तर्गतकै अन्य खेलमा चिलीले पारग्वे तथा इक्वेडरले भेनेजुएलामाथि समान १–० को जित हात पारे ।  





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ८:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया