चीनको इतिहासमा सी जिनपिङलाई बलियो बनाउने ‘ऐतिहासिक दस्तावेज’ पारित

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक इतिहासमा राष्ट्रपति सी जिनपिङलाई बलियो बनाउँदै एक ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको छ ।

यो दस्तावेजमा पार्टीको पछिल्लो १०० वर्षको इतिहासको सारांशका साथै पार्टीका प्रमुख उपलब्धि र भविष्यको दिशाको चर्चा गरिएको छ । 

कम्युनिस्ट पार्टीको स्थापनापछि यस प्रकारको यो केबल तेस्रो प्रस्ताब हो । सबैभन्दा पहिलो प्रस्ताव सन् १९४५ मा माओत्से तुंगले, दोस्रो प्रस्ताव देंग शियाओपिंगले १९८१ मा पारित गरेका थिए ।

यस्तो प्रस्ताव जारी गर्ने सी जिनपिङ तेस्रो नेता हुन् । पार्टीको यो कदमको उद्देश्य सी जिनपिङलाई संस्थापक माओत्से तुंग र देङ शियाओपिंगको बराबरीमा ल्याउनु हो ।

केही पर्यवेक्षकले यो प्रस्तावलाई देंगको समयमा चीनले सुरु गरेको विकेन्द्रिकरणको प्रयासलाई फिर्ता लिने कोशिस हो । चीनमा पछिल्लो चार दशकमा विकेन्द्रिकरणको प्रयास भइरहेको छ ।

पछिल्लो घटनाक्रमले चीनको राजनीति फेरि एक व्यक्तिको वरिपरी घुम्ने संकेतका रुपमा समेत लिइएको छ । बन्द कोठाभित्र भइरहेको यो अधिवेशनमा पार्टीको १९ औं केन्द्रीय समितिका ३७० भन्दा बढी पूर्ण र वैकल्पिक सदस्य भेला भएका छन् ।



आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय कंग्रेसभन्दा पहिले यो पार्टीका नेताको अन्तिम ठूलो बैठक हो ।

सोही कंग्रेसमा राष्ट्रपति सीले आफ्नो तेस्रो ऐतिहासिक कार्यकालका लागि कोशिस गर्नेछन् । यसअघि चीनले २०१८ मा राष्ट्रपति पदका लागि २ कार्यकालको सीमा अन्त्य गरेको थियो ।  
 



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार ८:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया