जेलभित्रै विवाह गर्दै असान्ज

विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो ।

असान्जले कारागारका गर्भनरसँग विवाह गर्न अनुमति मागेका थिए । कारागार सेवाका प्रवत्ताले भने, ‘विवाहका लागि असान्जले पेस गरेको निवेदनलाई अन्य कैदीको निवेदनलाई जस्तै जेलका गर्भनरले सामान्य तरिकाले अध्ययन गरेका छन् । ’

लन्डनस्थित इक्वेडरको दूतावासमा रहने क्रममा मोरिससँग असान्जको भेट भएको थियो । उनीहरुको तर्फबाट दुई सन्तान छन् ।

विवाहमा कसैले हस्तक्षेप नगर्ने असान्जकी पार्टनर मोरिस विश्वास गरेकी छन् । उनले भनिन्, ‘हाम्रो विवाहमा कोहीबाट  हस्तक्षेप हुन्न भन्ने मलाई विश्वास छ ।’ विवाह ऐन १९८३ वमोजिम कैदीहरुले कारागारभित्र विवाहका लागि निवेदन दिन पाउछन् ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार डी वर्गका कैदीबाहेक अन्य कैदीको विवाह कैदभित्र नै आयोजना हुनुपर्छ । अमेरिकाले सुपर्दगी गर्न कानुनी कदम चालेपछि असान्ज सन् २०१९ देखि बेलायतको एउटा कारागारमा छन् ।

अस्ट्रेलियाली नागरिक असान्जलाई इक्वेडरको दूतावासमा बसेको पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । इक्वेडरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले असान्जको गर्भधारण गरेको मोरिसको भनाइ छ । त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ ।



अमेरिकाले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य विवरण चुहाएको भन्दै असान्जलाई मुद्दा चलाउन खोजिरहेको छ ।  न्युज कारखाना



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १२:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया