अमेरिकाले अफगानिस्तानमा मानवीय संकट गहिरिन सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यसबारे अमेरिकाले विभिन्न टिप्पणी गर्दै आएको छ ।
अफगानिस्तानकै मुद्दामा पाकिस्तानमा चार देशबीच भएको एक भेटमा अमेरिकाले अफगानिस्तानमा मानवीय संकटको निकै ठूलो समस्या देखिन सक्ने बताएको हो ।
अनि उसले अफगान नागरिकलाई सहयोग गर्न आफू सधैं तयार रहेको पनि दोहोर्याएको छ ।
बिहीबार इस्लामाबादमा अफगानिस्तानको विषयमा भएको वार्तापछि अमेरिकी विदेश विभागले यस्तो बताएको हो । उसले अफगानी नागरिकलाई देश छाड्नका लागि पनि तालिबान सरकारले सहज बनाउनु पर्ने बताएको छ ।
अमेरिकाले अफगान सरकारले सबै महिला तथा बालबालिकालाई समान हैसियत दिनु पर्ने र उनीहरुको सम्मान गर्नु पर्ने पनिप बताएको छ । अहिले तालिबान सरकारले गरेका कामहरुबारे चिन्तित हुँदै अमेरिकाले यसले समृद्ध अफगानिस्तान कहिल्यै बन्न नसक्ने पनि जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।