‘ए’ डिभिजन लिगको तयारी पूरा, टिकट मूल्य निर्धारण

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने सहीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

लिग पहिलोपटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । यस्तै, एन्फाले टिकट दरसमेत घोषणा गरेको छ ।  

एन्फाले लिगको साधारणतर्फको १०० र भिआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको  महासचिव इन्द्रमान तुलाधरले जनाए । 

एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ । अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधा रहेको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । 

एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुनेसमेत बताएको छ । 

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्याङ्दी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ । 



प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् । लिगको उद्घाटन खेलमा  सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ ।



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १४:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया