पर्यटक तान्दै पोखराका स्काई डाइभ

साहसिक पर्यटकीय खेल ‘स्काई डाइभ’ का लागि स्वदेशी तथा विदेशी पर्यटक नेपालमा आकर्षित हुन थालेका छन् । ८ हजारभन्दा अग्लो क्षेत्रबाट खेलिने स्काई डाइभप्रति पछिल्लो समय पर्यटकको आकषर्ण बढेको हो ।

नेपालमा स्काई डाइभ पोखरामा व्यवस्थित ढंगले सञ्चालन भइरहेको छ । भूकम्प र नाकाबन्दीसँगै विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई साहसिक खेल स्काई डाइभले विश्वभरिका पर्यटकलाई निम्तो दिने पोखराका पर्यटन व्यवसायी बताउँछन् ।  

उनीहरूका अनुसार पछिल्लो समय पोखरामा स्काई डाइभको रौनक सुरु भएको छ । व्यवसायीहरू आफैँले खेलेर पनि यसको प्रवद्र्धनमा जुटेको पोखरा टानले जनाएको छ ।

पर्यटन विभागले विभिन्न कम्पनीहरूलाई स्काई डाइभका लागि अनुमति दिएको छ । विभागको अनुमति पाएसँगै कम्पनीहरूले विभिन्न प्याकेजसहितको अफरसमेत सार्वजनिक गरेका छन् । 

कम्पनीहरूले नेपालीका लागि न्यूनतम ९० हजार रुपैयाँको प्याकेज ल्याएको छ । यस्तै, भारतीय पर्यटकका लागि १ लाख २० हजार रुपैयाँ तोकिएको छ । 

अन्य देशका विदेशी पर्यटकका लागि भने १ हजार डलरको प्याकेज बनाइएको पोखरा स्काई डाइभले जनाएको छ । विगतमा सगरमाथा क्षेत्रमा स्काई डाइभ गर्ने गरिन्थ्यो । 



त्यहाँ गरिने स्काई डाइभ पछिल्लो समय भने अन्य क्षेत्रमा पनि व्यावसायिक रूपमा फैलिएको छ । केही कम्पनीले नेपालीको लागि ८८ हजारसम्मको प्याकेजसमेत सार्वजनिक गरेका छन् ।  

स्काई डाइभ प्याराग्लाइडिङसँग मिल्दोजुल्दो देखिए पनि प्राविधिक पक्ष फरक रहेको पर्यटन विभागले जनाएको छ । विदेशी क्रुमेम्बरहरू नभए पनि स्वदेशी गाइडहरूबाटै स्काई डाइभ सञ्चालन भइरहेका छन् ।



हिमालय ट्राभल एण्ड एजेन्सीका सेल्स म्यानेजर सुरेश थापाले आर्थिक रूपमा सक्षम र साहसिक खेलमा रुचि भएकाले सहजै स्काई डाइभ गर्न सकिने बताए । उनका अनुसार पछिल्लो समय नेपालीहरूले समेत स्काई डाइभका लागि रुचि देखाइरहेका छन् । 

यही नोभेम्बर १७ देखि १९ सम्म नेपालीको लागि स्काई डाइभ हुने उनले बताए । त्यस्तै, नोभेम्बर २० र २१ मा भारतीय पर्यटकका स्काई डाइभको व्यवस्था गरिएको थापाले जानकारी दिए ।  

पामे पोखराबाट ड्रप हुने छ ।  यसमा हेलिकप्टरबाट जम्प गर्नु पर्ने हुन्छ । साथै कम्पनीले सहभागी साहसिक खेलाडीका लागि इन्सुरेन्स समेत गरिएको छ । 
युरोपियन क्षेत्रमा प्रसिद्ध स्काई डाइभ नेपालमा व्यावसायिक रूपमा अघि बढेको एक दशक मात्रै भएको व्यवसायीहरू बताउँछन् । नेपालमा ८ हजारभन्दा अग्लो हिमालबाट खेलिने साहसिक खेल ‘स्काई डाइभ’ को सम्भावना हुँदाहुँदै पनि यसको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन हुन नसकेको पर्यटन उनीहरू बताउँछन् ।

विश्वमा हिमाली देशको रूपमा चिनिएको नेपालमा स्काई डाइभको अन्तर्राष्ट्रिय तहमा सरकारले प्रवद्र्धन गर्नुपर्ने नेपाल पर्वतारोहण संघको माग छ ।  

स्काई डाइभमा विशेषगरी ‘क्लाइन इन फ्लाइट आउट’ र ‘क्लाइम इन फ्लाइट’ हुने गरेको छ । ‘हिमालभन्दा माथिबाट खेलिने यो साहसिक खेलको मुख्य गन्तव्य नेपाल नै हो ।  भूगोल र मौसमका हिसाबले नेपाल पहिलो गन्तव्य बन्ने क्रममा छ,’ पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने, ‘करिव एक दशक हुन लाग्यो । एडभेन्चर टुरिजमअन्तर्गतको स्काई डाइभले नेपाललाई थप प्रवद्र्धन गरिरहेको छ ।’ 

पर्यटन विभागका अनुसार नेपालमा स्काई डाइभ गर्न एक दर्जनभन्दा धेरै कम्पनीले अनुमति लिएका छन् ।   
 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १५:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया