रामचन्द्रले बोलाएको बैठकमा गएनन् प्रकाशमान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटको केन्द्रीय सदस्यको बैठक सुरु भएको छ ।​ बत्तीसपुतलीस्थित एक होटलमा सुरु भएको बैठकमा उनीनिकट नेता प्रकाशमान सिंह भने उपस्थित छैनन् ।

सिंहले पौडेल पक्षबाट सभापतिमा दाबी गरेका छन् । तर, उनी आजको बैठकमा भने गएका छैनन् । 

पौडेलले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको विषयमा छलफल गर्न बैठक बोलाएका थिए । पछिल्लो समय सिंह र नेता पौडेलबीचको सम्बन्ध चिसिएको बताइएको छ ।

सिंहले अधिवेशन मिति नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफल पनि थालेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १५:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया