सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । उनी प्रदेशको चौथो प्रदेश प्रमुख हुन् । 

सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुखको जिम्मेवारी स्वर्गीय मोहनराज मल्लले सम्हालेका थिए । उनीपछि शर्मिला पन्त र गंगाप्रसाद यादवले पनि सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

पदभार ग्रहणपछि नवनियुक्त प्रदेश प्रमुख जोशीले संविधान र कानुनले दिएको अधिकारमा काम गर्ने प्रतिबद्धता गरे । ‘नेपाल संविधान २०७२ ले दिएको अधिकारमा रहेर काम गर्ने छु’, उनले भने । 

पदभार ग्रहणअघि नेपाली सेनाले प्रदेश प्रमुखलाई सलामी समेत दिएको थियो ।  

केपी शर्मा ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई शेरबहादुर देउवा सरकारले हटाएपछि सुदूरपश्चिम प्रदेश प्रमुखमा कांग्रेसका पूर्वसांसदसमेत रहेका जोशी नियुक्त भएका थिए । 



उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । शिक्षक पेसाबाट राजनीतिमा आएका जोशी २०४८ सालको आमनिर्वाचनमा सबैभन्दा कम उमेरमा विजय भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा पनि जोशी निर्वाचित भएका थिए । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १७:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया