कुखुराले पारेको होइन, रुखमा फलेको अन्डा !

एजेन्सी— समयसमयमा हामीले विभिन्न चिकित्सकका टिप्समा सुनेका हुन्छौँ कि हरेक दिन खानामा अन्डा समावेश गर्दा हामीलाई निकै फाइदा पुग्छ । त्यसैले हामीले खानामा अन्डा खाइरहेका पनि हुनसक्छौँ । 

तर, शाकाहारी धेरैले त अन्डा खाने चलन खासै हुँदैन । अनि अधिकांश शाकाहारीहरुलाई लागिरहेको हुनसक्छ कि अन्डाबाट पाइने पोषण तत्वमा कमी आइरहेको छ । तर, अब यसको पनि समाधान भएको छ । किनकि भेज अन्डाको पनि प्रयोग बढ्न थालेको छ । 

यो भारतको घटना हो । दिल्लीमा भएको तेस्रो उद्योग दिवसको अवसरमा रुखबाट बनेको अन्डाको प्रदर्शनी गरिएको थियो । यस्तो देखेर धेरै मानिसहरु अचम्ममा पनि परेका थिए । अनि यो अन्डा सामाजिक सन्जालमा पनि निकै भाइरल हुन थाल्यो ।

यो खासमा मुसुरोको दालबाट बनाइएको अन्डा हो । यसलाई शाकाहारी अन्डाका रुपमा बाहिर देखाउन थालिएको छ । अनि यसको स्वाद पनि निकै राम्रो हुने मानिएको छ । अनि यसले कुखुराले पार्ने अन्डाजस्तै हाम्रो मुटुलाई स्वास्थ्य राख्न पनि सहयोग गर्नेछ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार २२:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया