विश्वकप छनोट : स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो इटाली

विश्वकप युरोपियन छनोटअन्तर्गत शुक्रबार राति भएको खेलमा घरेलु टोली इटालीले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ ।

स्टाडियो ओलम्पिकोमा खेलको सुरुवाती अग्रता भने पाहुना टोली स्विट्जरल्यान्डले लिएको थियो । उसका लागि खेलको ११ औँ मिनेटमा सिल्भान विड्मेरले गोल गरेका थिए ।

३६ औँ मिनेटमा जियोभानी डि लोरेन्जोले गोल गर्दै घरेलु टोली इटालीलाई बराबरीमा ल्याए । ९० औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता लिने सुन्दर अवसर पाए पनि जर्जिन्हो चुक्दा इटाली अंक बाढ्न बाध्य बन्यो ।

यो खेलपछि समूह ‘सी’ का यी दुवै टोलीले ७ खेलबाट समान १५ अङ्क जोडे पनि गोल अन्तरको आधारमा इटाली शीर्ष तथा स्विट्जरल्यान्ड दोस्रो स्थानमा छन् । 
यही समूहको अर्को खेलमा नर्दन आयरल्यान्डले लिथुआनियामाथि १–० को कठिन जित हात पार्‍यो । 


 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ८:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया