भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक, २४ घण्टामा ५५५ जनाको मृत्यु

भारतमा कुल कोरोना सङ्क्रमितको संख्या ३ करोड ४४ लाख २६ हजार ३६ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८५० जना थपिएसँगै त्यहाँ संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको हो । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ ।  

भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । योसँगै यहाँ कोरोना सुरु भएयता ३ करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् ।   





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १२:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया